राजनीति


कृष्णहरि पुष्करसहित सरकारले ६ सचिवलाई राख्यो अतिरिक्त समूहमा

कृष्णहरि पुष्करसहित सरकारले ६ सचिवलाई राख्यो अतिरिक्त समूहमा

नेपालखबर
जेठ २५, २०८३ सोमबार १७:३१, काठमाडौँ

सरकारले विभिन्न मन्त्रालय तथा कार्यलयमा कार्यरत ६ जना सचिवलाई अतिरिक्त समूहका राखेको छ। 

अतिरिक्त समूहमा राखिएका सचिवमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र डण्डुराज घिमिरे रहेका छन्। यसअघि पौडेल साविकको युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत थिए। 

त्यस्तै, पुष्कर उपराष्ट्रपति कार्यालय, मैनाली सार्वजनिक खरिद अनुगमन कार्यालय, डा. शर्मा साविकको वन तथा वातावरण मन्त्रालय र शर्मा साविक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत थिए। घिमिरे भने हाल निलम्वनमा छन्। 

उनीहरूमध्ये सचिव डा. शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारीसहित अतिरिक्तमा ल्याइएको जनाइएको छ। अतिरिक्त समूहका अर्को एक जना सचिवलाई सूचना प्रविधि (आईटी) को समन्वय हेर्ने गरी नयाँ जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले २२ बाट मन्त्रालयको संख्या घटाएर १८ बनाएपछि सचिवहरूको जिम्मेवारी पनि हेरफेर र सरुवा गरेको छ। दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरी २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ। 

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुईद्ददुई जना सचिव रहेका थिए। 

त्यस्तै, ६ सचिवलाई विभिन्न निकायमा कार्यभार तोकी सरुवा गरिएको छ। नयाँ जिम्मेवारीअनुसार सचिव भुपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चीरञ्जिवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad