कारोबार


छुट्टै दूरसञ्चार प्राधिकरण विधेयक ल्याउने सरकारको घोषणा

छुट्टै दूरसञ्चार प्राधिकरण विधेयक ल्याउने सरकारको घोषणा

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १७:१७, काठमाडौँ

सरकारले दूरसञ्चार प्राधिकरण विधेयक संसदमा पेश गर्ने घोषणा गरेको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत दूरसञ्चार क्षेत्रको नियामकलाई हेर्ने गरि छुट्टै विधेयक संसदमा पेश गर्ने नीति लिएको छ। हाल दूरसञ्चार ऐन २०५३ मार्फत दूरसञ्चार प्राधिकरण अस्तित्वमा छ। 

अर्थमन्त्री वाग्लेले सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्ष २०८२/८३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad