कारोबार


लेखा समितिमा अर्थमन्त्री वाग्लेले भने: करका दर चुहावट भएको प्रमाण ल्याउनुस्, कठघरामा उभिन तयार छु

लेखा समितिमा अर्थमन्त्री वाग्लेले भने: करका दर चुहावट भएको प्रमाण ल्याउनुस्, कठघरामा उभिन तयार छु

नेपालखबर
जेठ २८, २०८३ बिहिबार ११:१४, काठमाडौँ

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) मा पिक पावरको नाममा भइरहेको विकृतिलाई अन्त्य गर्न मूल्यका आधारमा कर लगाउने व्यवस्था गरिएको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको लेखासमितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पछिल्ला दिन गाडी पनि आवश्यकताअनुसार कस्टुमाइज भएर आउन थालेकाले मूल्यका आधारमा कर लिने व्यवस्था गर्नुपरेको बताएका हुन्।

‘पहिले मोवाइल आवश्यकताअनुसार कस्टुमाइज भएर आउँथ्यो, अहिले गाडी पनि कस्टुमाइज भएर आउन थाल्यो,’ अर्थमन्त्री वाग्लेले भने।

समितिको बैठकमा अर्थमन्त्री वाग्लेले बजेट बनाउँदा करको दर चुहावट गरेका कारण बजेट सार्वजनिक नहुँदै विद्युतीय सवारी आयात भएको र त्यसबाट अर्थमन्त्रीले लाभ उठाएको आशंका गर्दै प्रश्न गरेका थिए।

लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले भने, ‘करको दर चुहावट भएको भए प्रमाण ल्याउनुस्, कठघरामा उभिन तयार छु। कुनै कागजात होला, कम्युनिकेसन भएको होला। छ भने प्रमाण ल्याउनुस न त।’ 

केही सञ्चारमाध्यममा इभी गाडीको कर चुहावट गरेर दुई अर्ब फाइदा लिएको समाचार आएको भन्दै सांसदहरूले अर्थमन्त्रीको प्रस्टिकरण मागेका थिए। 

त्यसला जवाफ दिदैं अर्थमन्त्री वाग्लेले भने, ‘दुई अर्ब होइन दुई रुपैयाँ मात्रै अनियमितता गरेको प्रमाण ल्याउनुहुनछ भने राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै छोड्न तयार छु।’

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट तीन दशकयताकै सबैभन्दा ठूलो मात्रामा करको संरचनामा सुधार गरिएको अर्थमन्त्री वाग्लेको दावी छ। 

विद्युतीय सवारी साधानमा कर निर्धारण गर्दा सभ्रान्त वर्गले चढ्ने गाढीमा बढी कर लाग्ने व्यवस्था गरिएको उनले बताए। 

‘इभीका विषयमा अर्बौ रुपैयाँ बेरुजु लेखेको कारण यो विषय सम्बोधन गर्नै पर्ने थियो। पिक पावरको विकृतिलाई हटाउने गरी कर निर्धारण गरिएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘विवेकपूर्ण सुधार गरिएको छ। भएको विकृतिलाई सुधार गर्न मूल्यको आधारमा कर लगाउने व्यवस्था गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad