कारोबार


वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री विजयी

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री विजयी

नेपालखबर
जेठ २५, २०८३ सोमबार १७:२९, काठमाडौँ

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन्।

संघको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उनी विजयी भएका हुन्। अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका छन्।

प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डॉगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) र कोषाध्यक्षमा धनमायाँ सिन्जाली (३२३ मत) प्राप्त गरी विजयी भएका छन्।

सात पदाधिकारीसहित १७ पदमा भएको निर्वाचनमा खत्री समूहले सात  पदाधिकारी र आठ सदस्यमा विजयी हासिल गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad