कारोबार


सावाँ र ब्याज समयमै तिर्न नसक्दा वायुसेवा निगमको ३६ अर्ब ऋण नाघ्यो ५५ अर्ब

सावाँ र ब्याज समयमै तिर्न नसक्दा वायुसेवा निगमको ३६ अर्ब ऋण नाघ्यो ५५ अर्ब

नेपालखबर
जेठ ३, २०८३ आइतबार ११:५०, काठमाडौँ

नेपाल वायुसेवा निगमले समयमै कर्जाको सावाँ र ब्याज भुक्तानी नगर्दा विमान किन्न लिएको ३६ अर्ब कर्जा बढेर ५५ अर्ब नाघेको छ। 

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले सरकार जमानी बसेर निगमलाई दिइएको कर्जा ह्वात्तै बढेको औँल्याएको हो। 

निगमले ए३२० र ए३३० जहाज खरिदका लागि २०७० असार ४ र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्बसमेत गरी ३६ अर्ब कर्जा लिएको थियो।

तर भुक्तानी तालिकाबमोजिम सावाँ र ब्याज भुक्तानी नगरेका कारण कुल तिर्न बाँकी सावाँ तथा ब्याज कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख गरी कुल ५५ अर्ब ४ करोड ७८ लाख पुगेको हो। 

महालेखाले भुक्तानी तालिकाबमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने औँल्याएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad