कारोबार


टेलिकमको सञ्चालन आय ६१ करोड र मुनाफा १८ करोडले बढ्यो

टेलिकमको सञ्चालन आय ६१ करोड र मुनाफा १८ करोडले बढ्यो

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १४:२८, काठमाडौँ

नेपाल टेलिकमको कुल सञ्चालन ६१ करोड २० लाख र करअघिको मुनाफा १८ करोड ८० लाख रुपैयाँले वृद्धि भएको छ। 

आर्थिक वर्ष २०८२÷८३को तेस्रो त्रैमासिक अपरिष्कृत विवरणले कुल सञ्चालन आय २.४२ प्रतिशत र मुनाफा १.३२ प्रतिशतले बढेको देखाएको हो। 

टेलिकमका अनुसार ९ महिनामा कम्पनीले कुल २५ अर्ब ९२ करोड ९६ लाख सञ्चालन आय गरेको छ। जुन गत आवको सोही अवधिमा २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ थियो। 

यो अवधिमा कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ छ। जुन गत आवको सोही अवधिमा २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ थियो। 

त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमासिकसम्म करअघिको मुनाफा १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ गरेको छ। सो रकम गत आवको सोही अवधिमा १४ अर्ब १९ करोड २१ लाख रुपैयाँ थियो। यसले कम्पनीको करअघिको मुनाफा १८ करोड ८० लाखले बढेको देखिएको छ। 

तेस्रो त्रैमासिकसम्म खुद मुनाफा समेत ५६ करोड २४ लाख रुपैयाँले बढेको छ। यो अवधिमा कम्पनीले ६ अर्ब २७ करोड २९ लाख खुद मुनाफा गरेको छ। गत आवको सोही अवधिमा ५ अर्ब ७१ करोड ५ लाख खुद मुनाफा भएको थियो। 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४६.४७ रुपैयाँ छ। गत आवको सोही अवधिमा ४२.३ रुपैयाँ थियो। 

टेलिकमले घट्दो बैंक ब्याजदरका कारण ब्याज आयमा भने २०.५७ प्रतिशतले कमी आएको जनाएको छ। यो अवधिमा कम्पनीले ५७ करोड ६६ लाखले यस्तो आय घटेको छ। सञ्चालन आयतर्फ जीएसएमतर्फको राजस्व गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा ५७ करोड ७४ लाख अर्थात् २.७६ प्रतिशतले बढेको जनाएको छ। 

ह्रासकट्टी खर्च गत आवको सोही अवधिको तुलनामा यस वर्ष ३८ करोड ६९ लाख अर्थात् ८.४६ प्रतिशतले घटेको टेलिकमले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad