ad ad

कारोबार


सेलपे र भाटभटेनी मनी ट्रान्सफरबीच सहकार्य

सेलपे र भाटभटेनी मनी ट्रान्सफरबीच सहकार्य

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १५:९,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्धन गर्नका लागि सहकार्य गरेको छ।

नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।

भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) नेपालको सबैभन्दा ठूलो र बहु प्रतिष्ठित सुपरमार्केट चेन भाट्भटेनी सुपरस्टोर ग्रुप द्वारा प्रवर्धित रेमिट्यान्स कम्पनी हो। यस सहकार्य अन्तर्गत, ग्राहकवर्गहरुले सेलपे मोबाईल वा वेब एप्लीकेशनबाट सजिलै (बीएमटी) का आन्तरिक रेमिट्यान्स सेवाहरु प्रयोग गर्न सक्नेछन्।

जसका लागि सेलपे एप्पमा रेमिट्यान्स बटनमा थिची आफूलाई चाहेको भाट्भटेनी मनी ट्रान्सफर (बीएमटी) रेमिट्यान्स सेवा चयन गरी आवश्यक विवरणहरू भरे पश्चात, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्नेछन्। यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा युनिक आईडी प्राप्त गर्नेछन् र त्यस आईडी प्रेषकले प्रापकलाई दिनु पर्नेछ।

प्रापकले देशैभरी रहेका विभिन्न भाट्भटेनी मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त आईडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .