ad ad

राजनीति


सेनाले भित्रायो चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री

सेनाले भित्रायो चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १५:३२,

नेपाली सेनाद्वारा चीनबाट खरिद गरिएका कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आईपुगेको छ।

खरिद गरिएका स्वास्थ्य सामग्रीहरु मध्ये नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार १८.७ टन स्वास्थ्य सामग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई पुर्‍याएको छ। साथै जेष्ठ ३ गते १० (दश) वटा कन्टेनरबाट २६५ क्युविक मिटर र आज ५ वटा कन्टेनरबाट १७६ क्युविक मिटर स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै नेपाल ल्याई पुर्‍याएको हो।

सरकारको गत चैत्र १६ गतेको ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत जीटुजी विधिबाट खरिद गर्ने’ निर्णय अनुसार अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलन अनुरुप प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रहि नेपाली सेनाले खरिद प्रक्रिया अघि बढाएको जनाएको छ।

जंगी अड्डाका अनुसार चीनको सरकारी स्वामित्वमा रहेको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग कूल मूल्य एक करोड ८४ लाख ४१ हजार सात सय छ रुपैयाँ ३५ पैसाको औषधिजन्य सामग्रीहरु खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो।

साथै नेपाल सरकारको २४ घण्टा क्वारेन्टिनमा बस्ने नियम बमोजिम मंगलबारबिहानबाट क्वारेन्टिनमा रहेको ७ वटा कन्टेनर ट्रक तातोपानी भन्सारबाट क्वारेन्टिन पश्चात भोली ७ गते काठमाडौंतर्फ प्रस्थान गर्ने र ८ वटा कन्टेनर ट्रक २४ घण्टा क्वारेन्टिनमा बसी ८ गते काठमाडौंतर्फ प्रस्थान हुने योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .