कारोबार


सामान्य अंकले बढ्यो बजार, साढे ३ अर्बको सेयर कारोबार

सामान्य अंकले बढ्यो बजार, साढे ३ अर्बको सेयर कारोबार

नेपालखबर
असार ३, २०८३ बुधबार १५:१४, काठमाडौँ

सेयरबजारमा आज साढे ३ अर्बबराबरको कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक ०.०८ अंकले बढेको दिन ३ अर्ब ६३ करोडको कुल कारोबार भएको हो। 

यस दिन ८३ लाख ७५ हजार कित्ता मात्र खरिदबिक्री भएको नेप्सेले जनाएको छ। 

यस कारोबारमा बुधबार १२६ वटा सेयरको मूल्य बढे पनि १३१ वटाको घटेको र १४ वटाको स्थिर छ। 

सोपान फार्म्यास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर १४.९९ प्रतिशतले बढे पनि यस दिन बाँकी सेयरहरु अधिकतम ७.५० प्रतिशतसम्म मात्र उकालो लागेका छन्। आजको अधिकतम गिरावट दर ८.६४ प्रतिशतसम्म छ। 

त्यसैगरी सर्वाधिक कारोबारको रेन्ज पनि १५ करोडदेखि २१ करोड रुपैयाँसम्म मात्र छ। 

बुधबार विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन समूहमा सामान्य वृद्धि देखिए पनि वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष, निर्जीवन बीमा, अन्य र व्यापार समूह घटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad