प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने तयारी गरेको छ।
बैंकको २७ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंकलगायतबाट स्वीकृति प्राप्त भए उक्त सेयर जारी गर्ने निर्णय गरेको हो।
यसअनुसार प्रतिसेयर १०० रुपैयाँ दरका ५ करोड एकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको यस्तो सेयर जारी गरिनेछ। यो निष्काशन संस्थागत लगानीकर्ताका लागि मात्र हुने बैंकले जनाएको छ।
यसको लाभांश दर ८.५० प्रतिशत कायम गरिने बैंकले उल्लेख गरेको छ। उक्त लाभांश भने मुनाफा भएको वर्ष मात्र वितरण हुनेछ।
63
Shares

प्रतिक्रिया