कारोबार


सुबिसु र एपाक आईपीभी सिक्स काउन्सिलबीच सहकार्य गर्ने सम्झौता

सुबिसु र एपाक आईपीभी सिक्स काउन्सिलबीच सहकार्य गर्ने सम्झौता

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १६:३, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया-प्रशान्त क्षेत्रमा आईपीभी६ प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आईपीभी सिक्स काउन्सिलबीच एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। 

चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीटको पहिलो दिन बिहीबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न यो सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ।

उक्त सम्झौतामा सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन सउद र मलेसियास्थित काउन्सिलका अध्यक्ष प्रो. इमेरिटस डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका छन्। 

यो सहकार्य सम्झौताले दुई संस्थाबीच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचार-प्रसारको ढोका खोलेको छ। यसअन्तर्गत सुबिसु लिमिटेडले अपाक आईपीभी६ काउन्सिलको संस्थागत सदस्यताको रूपमा सहभागी हुने अवसर पनि पाउनेछ।

नेपालमा यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गरी अपाक आईपीभी६ काउन्सिलसँग औपचारिक साझेदारी गाँस्न पाउनु गर्वको विषय भएको बताउँदै सुविसु सीईओ सउदले यो सम्झौताले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न सघाउने उल्लेख गरे। 

अपाक आईपीभी६ काउन्सिल भनेको आईपीभी६ फोरमको एसिया-प्रशान्त च्याप्टर हो। यसको उद्देश्य यस क्षेत्रमा आईपीभी६को प्रवर्द्धन र विस्तार गर्नु हो। यसमा व्यक्तिगत तथा संस्थागत सदस्यहरू रहेका छन् र यसले नेटवर्किङ तथा दूरसञ्चार पूर्वाधारमा आईपीभी६को सफल एकीकरणका लागि प्राविधिक नेतृत्व प्रदान गर्दछ।

यस सम्झौताका मुख्य सहकार्य क्षेत्रहरूमा प्राविधिक ज्ञान, कागजात तथा उत्कृष्ट अभ्यासहरूको सूचना आदानप्रदान, एक-अर्काका प्रकाशनहरूमा लेखरचनाको योगदान, परस्पर अनुमतिसहित एक-अर्काको नाम र लोगोको प्रचारमा उपयोग र ज्ञान साझाकरणका लागि विशेषज्ञ आदानप्रदान रहेका छन्। 

यो सम्झौता नेपालको 'डिजिटल नेपाल' अभियानलाई थप बल दिने तथा देशको इन्टरनेट पूर्वाधारलाई वैश्विक मानदण्डसँग तुलनीय बनाउने दिशामा एक सुदृढ कदम मानिएको छ। आईपीभी६को अवलम्बन भविष्यको इन्टरनेट विस्तार, आईओटी र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ र यस सम्झौताले नेपालका संस्थाहरूलाई यस दिशामा अघि बढ्न प्रेरणा दिनेछ।

सुबिसु लिमिटेड विगत २५ वर्षदेखि नेपालमा उच्चस्तरीय ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी र डिजिटल सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad