समाज


त्रिवि पुस्तकालयको अध्ययन कक्ष चौविसै घण्टा खुला राख्ने सहमति

त्रिवि पुस्तकालयको अध्ययन कक्ष चौविसै घण्टा खुला राख्ने सहमति

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १६:४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको नयाँ भवनमा रहेको अध्ययन कक्षलाई चौविसै घण्टा खुला राख्ने सहमति भएको छ। 

शुक्रबार त्रिवि केन्द्रीय पुस्तकालका प्रमुख सागरराज सुवेदी र रातन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशीले सहमतिमा हस्ताक्षर गरेका छन्। दुवै पक्षबीच भएको पाँच बुँदे सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘त्रिवि केन्द्रीय पुस्तकाल खुला रहने समयसीमा पुरानै यथावत रहने साथै त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनको २४ आवर अध्ययन कक्षा चौविसै घण्टा खुला रहने सहमति गरियो।’

यससँगै पुस्तकालयका अनाधिकृत परिचयपत्र छानबिन र नियमन गर्न समिति गठन गर्ने र कठाइका साथ पालना गर्ने पनि सहमति भएको छ। प्लाजरिज्म जाँचमा विश्वविद्यालय क्याम्पसका विद्याथीएलाई निशुल्क गराउने प्रक्रिया अघि बढाउन पहल गर्न दुवै पक्ष सहमति भएका छन्। 

यससँगै त्रिवि पुस्तकालय विकास समतिमिा विद्यार्थी प्रतिनिधित्व पनि सुनिश्चित गर्न पहल गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad