कारोबार


अमेरिकीलाई नेपालमा यात्रा सतर्कता अपनाउन आग्रह

अमेरिकीलाई नेपालमा यात्रा सतर्कता अपनाउन आग्रह

नेपालखबर
चैत १८, २०८२ बुधबार १३:५३, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि यसअघि गरेको ‘लेभल २’ यात्रा सतर्कता अपडेट गरेको छ। मंगलबार अपडेट गरिएको यात्रा सतर्कता अनुसार बढ्दो राजनीतिक अवस्थाबारे जानकार रहन भनिएको छ। 

जेनजी प्रदर्शनका बेला लगाइएको यात्रा सतर्कतामा अहिले स्टेट डिपार्टमेन्टले अपडेट गरेको हो।

यसअनुसार जेनजी प्रदर्शनका बेला भएको अशान्तिको अवस्था नरहेको र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख छ। यद्यपि अहिले पनि विरोध प्रदर्शन र स्थानीय अशान्तिको सम्भावना विशेषगरी सहरी क्षेत्रमा देखिएको उल्लेख छ। 

जुनसुकै बेला प्रदर्शन हुनसक्ने र अशान्ति छाउन सक्ने भन्दै अमेरिकी सरकारले नागरिकलाई भीडभाडमा नजान र स्थानीय सरकारी अधिकारीको निर्देशन पालना गर्न आग्रह गरेको छ। 

नेपालको सीमित स्वास्थयोपचार सेवा र नियमित र आकस्मिक उपचारलाई ध्यान दिनुपर्ने परिस्थिति भएकाले नागरिकलाई सोहीअनुसार ध्यान दिन आग्रह गरिएको छ। आफूलाई चाहिने औषधिहरु साथमै बोक्न, यात्रा स्वास्थ्य बीमामा रहन सचेत गराइएको छ। 

त्यस्तै प्राकृतिक दुर्घटनाहरु समेत हुनसक्ने भएकाले विचार पु¥याउन भनिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad