सेयरबजार १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। अघिल्लो दिन घटे पनि बिहीबार बजार ०.४८ प्रतिशतले उकालो लागेको हो।
यस दिन ३ करोड कित्ता किनबेच हुँदा कुल १३ अर्ब १६ करोड बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहीबार ८ वटा सेयरको मूल्य स्थिर हुँदा ८० वटाको घटेको र १७८ वटाको बढेको छ।
बढेका सेयरहरुमा पनि रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इनको सर्किट ब्रेक लागेको छ भने सोलु र भुजुङ हाइड्रोपावरको पनि ९.९९ प्रतिशतले सेयर बढेको नेप्सेले जनाएको छ।
पञ्चकन्या माई हाइड्रो, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनीलगायतको सेयर अधिकतम ७.४८ प्रतिशतसम्मले घटेका छन्।
कारोबारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ९४ करोडको सर्वाधिक कारोबार भएको छ। एसवाई प्यानलको पनि ७१ करोडको किनबेच भएको छ भने नेशनल हाइड्रो ४६ करोड, रिडी पावर ४५ र ङादी ग्रुप पावरको ४१ करोडको किनबेच भएको छ।
Shares

प्रतिक्रिया