कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी रहेको फिल्म ‘आइएम जितबहादुर’ टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मुख्य पात्र जितु वरिपरि घुमेको छ। निधारमा रगत देखिएका जितु गम्भिर र रिसाहा मुद्रामा देखिन्छन्।
भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ। जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी छिन।
त्यस्तै, फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायत कलाकारहरुको अभिनय रहेको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन्। त्यस्तै, राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन्।
भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो फिल्म आउँदो वर्षको असार महिना भित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको छ।
Shares

प्रतिक्रिया