अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले यी विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारत र चीनसँग कुटनीतिक पहल भइरहेको बताएका हुन्।
उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापनका विषय प्रमुख एजेण्डाका रूपमा उठाएको बताए।
उनले भने, ‘भैरहवाको एयरपोर्ट संचालनको ल्याउन लागेको लागेकै छौँ। हामीलाई चासो छैन होला? त्यो पोखरा, भैरहवाको ऋण तिर्ने हामी, त्यो ऋणको फाइल सदर गर्ने त मै हुन्छु, यति किस्ता तिर्नुपर्ने भनेर हरेक दिन। त्यसैले जतिसक्दो छिटो दुबै विमानस्थल संचालनको लागि लागीपरेका छोँ।’
उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा मुख्य एजेन्डा मध्ये यो पनि रहेको बताए।
उनले थपे, ‘हाम्रो पार्टीका सभापति जानुभयो, परराष्ट्रमन्त्री जानुभयो, केही समय पछि म आफैँ जाउँला। कसैले आँट्नै नसकेका, आँखा जुधाएर नेगोसियट गर्नै नसकेका विषयहरू पनि हामीले उठाइराखेका छौँ।’
उनले विगतमा उठाउनै नसेकका र समाधान नभएका विषयहरूमा समेत सरकारले सक्रिय रूपमा वार्ता र पहल गरिरहेको दाबी गरे।
Shares

प्रतिक्रिया