कारोबार


आईएलओले भन्यो– एलडीसी ग्रेजुएसनसँगै नेपालमा रोजगारी कटौती हुने चिन्ता छ

आईएलओले भन्यो– एलडीसी ग्रेजुएसनसँगै नेपालमा रोजगारी कटौती हुने चिन्ता छ

नेपालखबर
चैत ४, २०८२ बुधबार १८:३८, काठमाडौँ

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले आगामी नोभेम्बरमा नेपाल कम विकसिन देशबाट विकासोन्मुख देशमा पदोन्नति हुँदा रोजगारी कटौतीदेखि व्यापक आर्थिक प्रभावहरु देखिन सक्ने जनाएको छ। 

आईएलओले खासगरी एलडीसी ग्राजुएसनसँगै नेपालको उत्पादनमूलक क्षेत्रमा नराम्रो प्रभाव पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको हो। 

‘यद्यपि नेपालले उच्च यातायात लागत, सीमित पुँजी र चुनौतीपूर्ण भूगोलजस्ता संरचनागत जटिलताका बाबजुद रोजगारी विस्तारमा प्रगति गरिरहेको छ, तथापि यसको उत्पादन क्षेत्र जोखिमकै अवस्थामा छ’, आईएलओले भनेको छ। 

यस्तो अवस्थामा हुने पदोन्नतिले नयाँ रोजगारी सिर्जना र भएको रोजगारी संरक्षणमा दबाब पर्न सक्ने आईएलओको चिन्ता छ। यसका लागि सुबोध्य नीतिगत प्रतिक्रिया आवश्यक पर्ने उसको भनाइ छ। 

रोजगारी प्रभाव अध्ययनले जोखिमका क्षेत्रहरुको परीक्षण, सम्भावित रोजगारी कटौती र सिर्जनाको अनुमान तथा जोखिम समूहमा पर्ने असरको विश्लेषण गर्छ। ग्राजुएसनको सन्दर्भमा यसले व्यापार व्यवसाय र रोजगारीबीचको सम्बन्ध पत्ता लगाई बढी माग हुने क्षेत्रको पनि अध्ययन गर्ने आईएलओले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad