नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।
२३ दिनका लागि निक्षेप संकलन उपकरणबाट उक्त रकम तान्न लागेको हो।
यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। उनीहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाउनेछन्।
उक्त रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।

30
Shares

प्रतिक्रिया