कारोबार


प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ: अर्थमन्त्री

प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ: अर्थमन्त्री

नेपालखबर
जेठ २७, २०८३ बुधबार १०:१, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्न समूहबाट ‘पालित पोषित’बाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको दाबी गरेका छन्। 

बुधबार बिहान प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्। 

‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ’, अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

संसद्का सदस्यहरूलाई यस्तो समूहका कुराबाट प्रभावित नहुन उनले आग्रह पनि गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad