ad ad

कारोबार


एनआईसी एसिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत ब्याज छुट प्रदान गर्ने

एनआईसी एसिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत ब्याज छुट प्रदान गर्ने

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ७:१८,

एनआईसी एसिया लघुवित्तले सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना ल्याएको छ।

राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याजदरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरेपछि हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरेको उक्त संस्थाले जनाएको छ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्य महानुभावको यस संस्थाको खातामा जम्मा गरिनेछ।

साथै संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०७६ चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९ लाख ८३ हजार ५ सय ६७ रुपैयाँ ८७ पैसा ग्राहकको खातामा जम्मा गरिसकेको समेत जनाएको छ।

नेपाल राष्ट्र बैंकले मिति २०७७÷१÷१६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशतले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा ३ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

तर उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ ।

यसअघि पनि नेपाल राष्ट्र बैंकले मिति २०७६/१२/१६ मा निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो ।

जसअनुसार ऋणीहरुले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .