गएका चार दिनमा १० हजार सात सय बढेको सुनको मूल्य आज भने घटेको छ।
प्रतितोला ५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख १४ हजार नौसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा ६ सय बढेर सुनको भाउ तीन लाख १५ हजार चारसय रुपैयाँ पुगेको थियो।
गएको आइतबारदेखि मंगलबारसम्म लगातार बढेको सुनको मूल्य बुधबार भने स्थिर थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। चाँदीको भाउ आज तोलाको पाँच हजार सातसय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया