कारोबार


राष्ट्र बैंकले ६ अर्बमाथिको निक्षेप लिन वाणिज्य बैंकहरूलाई गर्‍यो आह्वान

राष्ट्र बैंकले ६ अर्बमाथिको निक्षेप लिन वाणिज्य बैंकहरूलाई गर्‍यो आह्वान

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १३:५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बिहीबार ६ अर्बमाथिको निक्षेप बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने भएको छ। 

राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ निक्षेप लिन बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको हो।

यसअनुसार राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ५ अर्ब ७ करोड निक्षेप राख्ने जनाएको छ भने विकास बैंकमा ९५ करोड १२ लाख र वित्त कम्पनीहरुमा ३१ करोड ७० लाख रुपैयाँ ३ सय ५५ दिनका लागि निक्षेपमा राख्ने भएको हो।

बैंकले निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई १७ गतेसम्म आवेदन दिन आह्वान गरेको छ।

राष्ट्र बैंकले निक्षेप खराबकर्जा अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको संस्थाहरुबाट मात्रै आवेदन स्वीकार गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad