ad ad

कारोबार


अमेरिकी व्यापार युद्धको निशानामा भारत

अमेरिकी व्यापार युद्धको निशानामा भारत

नेपालखबर
असार २५, २०७६ बुधबार ८:३०,

मंगलबार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकाको निशानामा चीनमात्र नभएर अब भारत पनि भएको बताएका छन्।

यद्यपी एक वर्षयता ट्रम्प नीतिका कारण भारत र अमेरिकाबीचको सम्बन्ध तनावकै अवस्थामा थियो। अब भने तनावले उत्कर्षको अवस्था सृजना गर्ने आंकलन गरिएको छ।

बीबीसीका अनुसार मंगलबार ट्रम्पले ट्वीट गरेर भारतले अमेरिकी सामाग्रीमा भारी कर लगाएको बताएका छन्। यस्तो अवस्था लामो समयसम्म रहिरहे अमेरिकाले त्यसलाई नसहने ट्रम्पले बताएका छन्।

गत महिना भारतले अमेरिकी उत्पादनमा कर लगाएको थियो। अमेरिकाले भारतीय सामाग्रीमा कर लगाउने भएपछि जवाफी कारवाही स्वरुप भारतले कर लगाएको थियो।

अमेरिकाले जुन महिनामा भारतसँगको कारोबारमा दिएको विशेष छुट फिर्ता लिएको थियो। अमेरिकाले त्यसबेला भनेको थियो,‘भारतले अमेरिकी बजारमा ५.६ अर्ब डलरको सामाग्री बिना कर बेच्दै आएको थियो।’

विश्व केबल अमेरिका र चीनबीचको व्यापार युद्धमा ध्यान दिइरहँदा अमेरिका भारतसँग पनि व्यापार युद्धमा होमिएको हो।

सन् २०१८ मा ट्रम्पले आल्मुनियम लगायतका सामाग्रीमा कर लगाउने बताएका थिए। भारतले अमेरिकी सामाग्रीमा कर बढाउने भनेपछि अमेरिकाले त्यो अस्वीकार्य भएको बताउँदै आएको थियो।

अमेरिका र भारत व्यापार तनावलाई अन्त्य गर्ने विषयमा कैयौंपटक चुकिसके। हालै अमेरिकी विदेशमन्त्री माइम पोम्पियो भारत भ्रमणका लागि आएका थिए। त्यसपछि जापानको ओसाकामा सम्पन्न जी२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रत्यक्ष भेटवार्ता भएको थियो।

वार्ताबाट कुनै नतिजा निस्कन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .