कार


भारतमा सार्वजनिक भयो रेनोको नयाँ डस्टर कार, यी हुन् मुख्य विशेषता

भारतमा सार्वजनिक भयो रेनोको नयाँ डस्टर कार, यी हुन् मुख्य विशेषता

नेपालखबर
असार २५, २०७६ बुधबार ८:२२,

चर्चित कार कम्पनी रेनोले भारतमा नयाँ डस्टर कार लन्च गरेको छ। एसयूभी फिचरवाला कार दुई इन्जिन अप्सनको रहेको छ।

कम्पनीले नयाँ डस्टर एसयूभी सुरुवाती मूल्य ७ लाख ९९ हजार भारुमा उपलब्ध हुने जनाएको छ। एक्सटेरियर र इन्टेरियरमा संरचनात्मक परिवर्तन यस कारमा गरिएको छ। पेट्रोलमा तीन र डिजलमा छ भेरिएन्टमा उपलब्ध रहेको यो कार साढे १२ लाख भारुसम्मको मूल्य पर्छ।

के छन् मुख्य विशेषता?
यसमा मुख्यतः दुईवटा इन्जिन पावरिङ रहेको छ। पेट्रोल भेरियन्टमा १.५ लिटर, चार सिलिन्डर युनिट रहेको छ। यसले १०६ एचपी र १४२ एनएम टर्क क्षमता छ। त्यस्तै फाइभस्पिड म्यानुअल, ६ स्टेप सीभीटी अटोमेटिक गियरबक्स यो भेरियन्टमा रहेको छ। डिजलतर्फ १.५ लिटर, चार सिलिन्डरयुक्त टर्बोचार्ज युनिट छ। लोअर पावरको भर्सनले ८५एचपी र २ सय एनएमको टर्क क्षमता र फाइभस्पिड म्यानुअल रहेको छ। हाइअर स्टेटतर्फ भने कारको इन्जिनले ११० एचपी र २४५ एनएमको टर्क क्षमता र ६ स्पिड म्यानुअल तथा एएमटी गियरबक्स रहेको छ। नयाँ कारको डिजल एएमटी कम्बिनेसनमा टप स्पेक आरजेट भेरियन्ट मात्रै उपलब्ध रहेको छ।

नयाँ गाडीमा एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, हाइअर बोनेट लाइन, नयाँ डिजाइनको बम्पर, अगाडि र पछाडि स्किड प्लेट, रुफ रेल, अलोयजस्ता विशेषता रहेका छन्। त्यस्तै, नयाँ स्टिअरिङ ह्विल, अपग्रेड गरिएको इन्फोटेन्मेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो कम्प्याटिबिलिटी, एसी भेन्टजस्ता इन्टेरियर रहेका छन्। त्यस्तै यो कारले सुरक्षालाई उत्तिकै प्राथमिकता दिएको छ। यसमा दुई एयरब्याग, ईबीडीसँगै एबीएस तथा ब्रेक असिष्ट, हिल स्टार्ट फंक्सनालिटीजस्ता कुराहरु रहेका छन्। आगामी केही महिनामै कम्पनीले सात सिट भएको ट्राइबर लन्च गर्ने तयारी पनि गरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .