कारोबार


वीरगन्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगन्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८२ बिहिबार १३:४७, काठमाडौँ

वीरगन्ज हुँदै चालू आर्थिक वर्षको छ महिनामा ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । 

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात् १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ।

गत आवको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालू आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए। 

चालू आवको छ महिनामा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ। तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

त्यस्तै दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ। त्यस्तै एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad