सेयरबजारमा आज ९.४३ अंकको ‘करेक्सन’ आएको छ।
नेप्से उक्त अंकले घटेर २७०५.३८ विन्दुमा रोकिएको हो। करिब ५ महिनायताकै उच्च विन्दुमा पुगेको भोलिपल्ट बजारले करेक्सन लिएको हो।
मंगलबार ४२.२६ अंकले बढेपछि नेप्से २७१४.८१ विन्दुमा पुगेको थियो भने ११ अर्ब ८५ करोडको कारोबार भएको थियो। बुधबार करेक्सनपछि ८ अर्ब ९२ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
२ करोड १६ लाख कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो।
यस दिन ८२ वटा सेयरको मूल्य बढ्दा १७४ वटा घटेको र तीनवटा अघिल्लो मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।
सर्वाधिक बढेका ५ सेयरमा कालिका पावर कम्पनी ९.८४, नारायणी विकास बैंक ८९.१६, रिभर फल्स पावर ५.५०, विकास हाइड्रोपावर ४.९८ र माण्डु हाइड्रोपावर ४.५८ प्रतिशत छन्।
त्यसैगरी सर्वाधिक घटेका ५ सेयरहरुमा गुराँस लघुवित्त ५.८९, मञ्जुश्री फाइनान्स ४.६४, एचएलआई लार्ज क्याप फन्ड ४.५०, आरबीबी फोकस ४० ४.३७ र एनएमबी ५० ४.३६ प्रतिशत छन्।
सर्वाधिक पाँच कारोबारमा आँखुखोला जलविद्युत् ४३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ३५ करोड, हिमालयन रिइन्स्योरेन्स ३३ करोड, युनाइटेड मोदी हाइड्रोपावर २८ करोड ९७ लाख र राधी विद्युत् २८ करोड २५ लाख रहेका छन्।
आज अन्यबाहेक सबै सूचक राताम्य छन्।
Shares

प्रतिक्रिया