सेयरबजारमा दोस्रो दिन लगातार वृद्धि देखिएको छ। बजार परिसूचक नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा चढेको हो।
यस दिन कुल ४ अर्ब ११ करोडको कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार ८९ लाख बढी कित्ता खरिदबिक्रीमा यो परिमाणमा कारोबार भएको हो।
योसँगै १०७ वटा सेयरको मूल्य पनि बढेको छ। त्यस्तै १५३ वटाको घटेको र १३ वटाको मूल्य स्थिर छ।
यस दिन अपर लोहोरे खोला हाइड्रो र कालंगा हाइड्रोको सेयरमा सकारात्मक सर्किट लाग्दा स्नो रिभर्स लिमिटेडको १४.९९ प्रतिशत, सानिगाड हाइड्रोको १४.९७ प्रतिशतले सेयर बढेको छ। त्यसैगरी धौलागिरि लघुवित्तको सेयर पनि १३.६७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
आज सेयरहरुमा अधिकतम १०.६० प्रतिशतसम्म मात्र गिरावट देखिएको छ। कारोबारमा भने लक्ष्मी सनराइज बैंक ४१ करोडसहित अग्रस्थानमा रहँदा एनआईसी एसियाको डिबेन्चर ४० करोडको, रिलायन्स स्पिनिङ मिल्स २५ करोडको, एभरेष्ट बैंकको ऋणपत्र १६ करोडको र नबिल बैंकको १२ करोड बढीको कारोबार भएको छ।
बिहीबार वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी बढेका छन् भने बाँकी समूह राताम्य छन्।
Shares

प्रतिक्रिया