काठमाडौँ महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ।
महानगरका नयाँ प्रहरी प्रमुख नियुक्त भएका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बुधबार पत्रकार सम्मेलन गर्दै धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पत्ति संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिए।
काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि उनले निर्देशन दिए। अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने भन्दै जोशीले सबैसँग सभ्य र नरम भाषामामा बोल्न निर्देशन समेत दिए।
‘धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ,’ उनले भने, ‘अब यसलाई मनिटरिङ मात्रै गर्ने हो। फुटपाथ र पार्किङमा विशेष ध्यान दिऔँ। बोल्दा मिठो बोल्नुस्। कसैलाई तँ नभन्नुस्। सबैसँग बोल्दा सम्मानजनक हिसाबले बोल्नुस्। भाषा नरम हुनुपर्छ।’
जोशीले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन समेत दिए। विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताए।
Shares

प्रतिक्रिया