लुम्बिनी


जनभावना अनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड

जनभावना अनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड

नेपालखबर
माघ ७, २०८२ बुधबार १५:३४, रुकुम पूर्व

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकांक्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताएका छन्।

प्रेस सेन्टर नेपाल रुकुम पूर्वले बुधबार रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

‘जनयुद्धको आधार क्षेत्रको विकासलाई नयाँ ढङ्गले गति दिने मेरो संकल्प छ। यहाँका जनताको भावना बुझेर जनताको अपेक्षा अनुसार यहाँबाट उम्मेदवारी दर्ता गराएको हुँ’, प्रचण्डले भने, ‘यहाँको भौतिक पूर्वाधारको विकास र विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा मेरो प्राथमिक विषय हुन्।’

राजनीतिक रूपमा मात्रै नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रुकुम पूर्वबाट रोप्ने उद्घोष गर्दै संयोजक उनले समाजवादी क्रान्तिको आधारइलाका रुकुम पूर्व बन्ने विश्वास व्यक्त गरे। प्रचण्डले आजै यहाँका सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग संवाद गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad