कारोबार


भारतले निर्वाचनका लागि दियो ६१ गाडी

भारतले निर्वाचनका लागि दियो ६१ गाडी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १९:३, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भारतले नेपाललाई ६१ वटा गाडी उपलब्ध गराएको छ।

मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रमबीच नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई गाडीको साँचो हस्तान्तरण गरेका छन्। पहिलो चरणमा भारतले ६१ वटा गाडी उपलब्ध गराएको हो। 

अर्थ मन्त्रालयलले १०६ वटा गाडीका लागि करछुटको सहमति प्रदान गरेको थियो। बाँकी गाडी अर्को चरणमा उपलब्ध गराउने दूतावासले जानकारी दिएको छ। 

भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्रान्डको स्कोर्पियो र बोलेरो डबल क्याबिन पिक भ्यान उपलब्ध गराएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad