आइतबार बढेको सुनको मूल्य आज पनि बढेको छ।
तोलामा ४२ सय बढेर सुनको मूल्य आज तोलाको दुई लाख ८२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।
शुक्रबार तोलामा १५ सय घटेको सुनको मूल्य आइतबार ६ सय रुपैयाँ बढेर तोलाको दुई लाख ७७ हजार आठसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १८५ रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार आठसय १० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो।
288
Shares

प्रतिक्रिया