नेपाल धितोपत्र बजारमा प्रणालीगत जोखिम न्युनिकरण सम्बन्धमा नेपाल धितोपत्र बोर्डले ब्रोकरहरु सँग छलफल गरेको छ।
बुधबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेप्सेका प्रतिनिधी र धितोपत्र दलाल (सेयर ब्रोकर) हरुको संगठन स्टक ब्रोकर एशोसिएशन र सिडिएस एण्ड क्लियरिङका प्रतिनिधीलाई कार्यलयमै बोलाएर बजारमा हुने प्रणालीगत जोखिमहरुको बारेमा छलफल गरेका हुन्।
अध्यक्ष श्रेष्ठले उक्त बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनको लागि अपनाउनुपर्ने कार्यको समयसीमा सहितको कार्ययोजनामा मा रहेछ छलफल गरेका हुन्।
सेटलमेन्ट सुनिश्चितता सुदृढ गर्ने र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले जोखिम व्यवस्थापन, डिफल्ट व्यवस्थापन तथा सम्बन्धित निकाय र धितोपत्र व्यवसायीहरूको भूमिका सम्बन्धी विषयमा सरोकारवालाहरूले आआफ्ना धारणा राखेका छन्।
बोर्डले बजार स्थायित्व सुनिश्चित गर्न तथा लगानीकर्ताको हित संरक्षणका लागि सेटलमेन्ट ग्यारेन्टी फन्डको प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरेको उक्त बैठकमा नेप्से र सीडीएससीले प्रणाली तथा क्लियरिङसम्बन्धी तयारी प्रस्तुत गरेका थिए।
त्यसैगरी एशोसिएशनले बजार सञ्चालनको व्यवहारिक अनुभवका आधारमा सुझावहरू प्रदान गरेको थियो।
सेटलमेन्ट ग्यारेन्टी फन्डको सहज र प्रभावकारी कार्यान्वयनका लागि थप प्राविधिक छलफलहरू गर्दै समन्वयात्मक रूपमा अघि बढ्ने बैठकको निष्कर्ष रहेको थियो।
Shares

प्रतिक्रिया