कारोबार


बुद्ध एयर दुर्घटनाको ‘इन्साइड स्टोरी’ खोज्दै क्याप्टेन पुरी

बुद्ध एयर दुर्घटनाको ‘इन्साइड स्टोरी’ खोज्दै क्याप्टेन पुरी

नेपालखबर
पुस २४, २०८२ बिहिबार १३:२१, काठमाडौँ

सरकारले पुस १८ गते चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे जाँच गर्न समिति बनाएको छ। अनुसन्धानकर्ताको जिम्मेवारी बरिष्ठ क्याप्टेन विनोद पुरीलाई दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी सूचनाअनुसार बुद्ध एयरको एटीआर विमान, (एन एएमए)सँग सम्बन्धित दुर्घटनाको औपचारिक छानवीन गर्न बरिष्ठ क्याप्टेन अनुसन्धानकर्ता तोकिएको हो।

दुर्घटनामा परेको बुद्ध एयरको जहाज

मन्त्रिपरिषदको गत मंसिर १९ को निर्णयअनुसार गैरसैनिक विमान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम यो नियुक्ति भएको हो। क्याप्टेन पुरीलाई ४५ दिनभित्र छानवीन सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

घटना पुस १८ को राति भएको थियो। काठमाडौँ–भद्रपुर उडान नम्बर U4 901 राति करिब ९:१० बजे अवतरण गर्ने क्रममा धावनमार्गको पूर्वी छेउबाट करिब ३०० मिटर बाहिर गई घाँसे र हिलो मैदानमा धसिएको थियो। विमानमा ५१ जना यात्री, चार चालक दलका सदस्य र एक विमान इन्जिनियर सवार थिए। सह-चालक सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad