नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनलाई काउन्टर रणनीति अख्तियार गरेको छ।
संस्थापन पक्षले पुस २७ युवा र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बिहीबार बिहान भएको छलफलपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेकै मितिमा युवा र जिल्ला भेला गर्न लागिएको हो।
कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपालखबरसँग भने, ‘पुस २७ गते युवा र २८ गते जिल्ला सभापतिको भेला गर्ने कुरा भएको छ। दुबै भेला पार्टी कार्यालय सानेपामा हुने छ।’
उनका अनुसार युवा भेलाको संयोजन तरुणका अध्यक्ष विद्वान गुरुङले गर्ने छन् भने जिल्ला सभापतिको नेतृत्व भक्तपुर सभापति दुर्लभ थापाले गर्ने छन्।
पार्टीले आगामी वैशाख २८–३१ का लागि १५ औं महाधिवेशनको गर्ने निर्णय गरेपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ मा काठमाडौँको भृकुटीमण्डमा विशेष महाधिवेशनको भेला बोलाएका छन्।
Shares

प्रतिक्रिया