कारोबार


होटलहरु ६ महिना बन्द, कर्मचारीलाई १२.५ प्रतिशत तलब दिइने

होटलहरु ६ महिना बन्द, कर्मचारीलाई १२.५ प्रतिशत तलब दिइने

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १७:५७,

होटल एसोसिएसन अफ नेपाल (हान)ले वैशाख १ गतेदेखि आगामी ६ महिनासम्म होटलहरु बन्द गर्ने निर्णय गरेको छ।

संघका पदाधिकारी, पूर्वअध्यक्षहरु तथा होटल प्रतिनिधिसम्मिलित हान अध्यक्ष सिर्जना राणाको नेतृत्वमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

पर्यटन उद्योग सुचारु रुपले १ वर्षसम्म चल्न नसक्ने भएकाले लामो समय होटल बन्द गर्ने सहमति भएको हानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। यसबीचमा यस क्षेत्रका श्रमिकहरु र आश्रित परिवारको व्यवस्थापन गर्नका लागि होटल बन्द भए पनि कामदारको आधारभूत तलबको १२.५ प्रतिशतले हुन आउने रकम दिने पनि निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।

साथै सेवा शुल्क उपलब्ध गराउने होटलहरुले श्रमिकहरुले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराइने पनि जनाइएको छ। तर हान पदाधिकारीको उक्त प्रस्तावमा श्रमिक नेता असहमत भएमा सोही समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिएर आंशिक रुपमा वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने हानले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad