कारोबार


आयातनिर्यात बढ्दा ५ महिनामा करिब ९ खर्ब पुग्यो वैदेशिक व्यापार

आयातनिर्यात बढ्दा ५ महिनामा करिब ९ खर्ब पुग्यो वैदेशिक व्यापार

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८२ सोमबार १६:४०, काठमाडौँ

नेपालले ५ महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार गरेको छ। 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको हो। 

गत वर्ष यही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजारको व्यापार गरेको थियो। 

यो ५ महिनामा आयात १५.८३ प्रतिशत र निर्यात ५८.१७ प्रतिशतले बढेको छ। मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजारको आयात हुँदा निर्यात १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजारको भएको छ। 

गत वर्ष यही अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजारको आयात र ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजारको निर्यात भएको थियो। 

योसँगै व्यापार घाटा समेत १०.५१ प्रतिशतले बढेको छ। गत वर्षको ५ महिनामा वैदेशिक व्यापारबाट ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजारको घाटा नेपालले यस वर्ष ६ खर्ब ४९ अर्ब ६८ करोड १ लाख ५६ हजार पुगेको छ। 

यस अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ३१.७३ प्रतिशतले बढ्दा आयातको हिस्सा ३.५३ प्रतिशतले ऋणात्मक रहेको छ। आयातनिर्यात अनुपात पनि ५ महिनामा २६.७७ प्रतिशतले ऋणात्मक देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad