कारोबार


छानबिनमा तानिएको रिलायन्स स्पिनिङको सेयर आजबाट सर्वसाधारणका लागि निष्काशनमा

छानबिनमा तानिएको रिलायन्स स्पिनिङको सेयर आजबाट सर्वसाधारणका लागि निष्काशनमा

नेपालखबर
पुस ७, २०८२ सोमबार १२:४३, काठमाडौँ

अर्थ मन्त्रालयको निर्देशनमा नेपाल धितोपत्र बोर्डले समिति नै बनाएर छानबिन गरिरहेको रिलायन्स स्पिनिङ मिल्सले आजबाट साधारण सेयर (आईपीओ) ल्याएको छ। 

बोर्डले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशनको अनुमति दिएसँगै कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुपछि सर्वसाधारणका लागि आजबाट आईपीओ निष्काशनमा ल्याएको हो।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निष्काशनमा ल्याएको आईपीओलाई लिएर अर्थ मन्त्रालयले बोर्डलाई अनुसन्धान गर्न निर्देशन दिएको छ। अर्थको पत्र पाएसँगै आफ्नै अनुमतिउपर छानबिन समिति बनाएर बोर्डले अनुसन्धानलाई अगाडि बढाइरहेको हो।

यता कम्पनीले भने बोर्डबाट निष्काशनको अनुमति पाएपछि आजबाट सर्वसाधारणमा आईपीओ जारी गरेको हो। कम्पनीले ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर निष्काशन गरेको छ। 

कम्पनीले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्काशनमा ल्याएको थियो। जसमा ४० प्रतिशत सेयर संस्थापक समूहले खरिद गरेको थियो भने बाँकी सेयर कम्पनीले निष्काशनमा ल्याएको हो। 

बुक बिल्डिङ प्रक्रियाबाट निष्काशनमा ल्याइएको यो आईपीओ खरिद गर्नका लागि भने सर्वसाधारणले करिब ४१ हजार ४० रुपैयाँ तिर्नुपर्ने हुन्छ। 

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ। यसरी ५० कित्ताका लागि कुल ४१ हजार ४ रुपैयाँ आवेदनकर्ताले बुझाउनुपर्नेछ।

न्यूनतमा ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

कम्पनीले आवेदन पुस ११ गतेसम्म खुला राख्नेछ भने ढिलोमा २१ गतेसम्म खुला गर्ने जनाएको छ। पुस ११ गतेसम्म माग गरिएबमोजिम आवेदन नपरेको खण्डमा भने २१ गतेसम्म आवेदन खुला रहनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। प्रिमियम मूल्यमा निष्काशनमा ल्याएको यो कम्पनीलाई केयर रेटिङ नेपालले एनपी सिंगल ए माइनास रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमा नै वित्तीय दायित्व वहन गर्न सक्छ भन्ने जनाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad