निर्माण


एमसीसीअन्तर्गत धानखोला-लमही सडक मर्मतको ठेक्का सम्झौता

एमसीसीअन्तर्गत धानखोला-लमही सडक मर्मतको ठेक्का सम्झौता

नेपालखबर
पुस ७, २०८२ सोमबार १२:४५, काठमाडौँ

एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालले दुई वटा सडक आयोजनाका लागि लागि सम्झौता गरेको छ। 

सम्झौताअनुसार, धानखोला-लमही सडकखण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ। सोही सडकखण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको एसीए नेपालले जनाएको छ। 

सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ। 

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला-लमहीको ४० किलोमिटर क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजिबाट मर्मत गरिने जानकारी दिए। त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ। त्यससम्बन्धी सम्झौता आदानप्रदान पनि गरिएको विष्टले बताए। 

‘एमसीए नेपालका दुई वटा आयोजना छन्। एउटा विद्युत प्रसारण र अर्को सडक मर्मत आयोजना छ। सडक मर्मतको २ वटा कन्ट्रयाक्टको सम्झौता आज भएको छ,’ उनले भने, ‘धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रिक्कलेमेसन टेक्नोलोजिबाट मर्मत गर्ने ठेक्का लगाएका हौं।’

सम्झौताअनुसार, २४ महिनामा सबै काम सम्पन्न गर्नुपर्नेछ। धानखोला-लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ। बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टरबाट हुने विष्टले बताए। 

धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात करिब ३ अर्ब रुपैयाँ लाग्नेछ। त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्कामा ३७ लाख अमेरिकी डलर अर्थात ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ।   

निर्देशक विष्टका अनुसार, अहिलेसम्म विद्युत प्रसारण आयोजना निर्माणका लागि ६ वटा ठेक्कामा सम्झौता भइसकेको छ। जसमा ३ वटा प्रसारण लाइन र ३ वटा सब स्टेशन लाइनको सम्झौता भइसकेको छ। आज भएको सम्झौता गरी अहिलेसम्म ७ वटा ठेक्का भएको छ। 

कन्सल्टिङ ठेक्का लगाइसकिएको छ। एमसीए नेपालका प्रोजेक्टहरू सक्ने अवधी ५ वर्षको छ। २ वर्ष ४ महीना बितिसकेको छ भने बाँकी २ वर्ष ८ महिमा अरु काम सक्नुपर्ने चुनौति रहेको उनले बताए। ५ वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी काम भइरहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad