कारोबार


दीपक भट्टसहित ४२ जना विरुद्ध बिमासम्बन्धी कसुरमा मुद्दा दर्ता, यी हुन् प्रतिवादी

दीपक भट्टसहित ४२ जना विरुद्ध बिमासम्बन्धी कसुरमा मुद्दा दर्ता, यी हुन् प्रतिवादी

नेपालखबर
जेठ २८, २०८३ बिहिबार २०:०, काठमाडौँ

दीपक भट्टसहित ४२ जना विरुद्ध बिमासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बिहीबार भट्टसहित ४२ जना विरुद्ध मुद्दा दायर गरेको हो। 

उक्त मुद्दामा विवादास्पद व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षद्वय शरद ओझा र मदन दहाललाई विपक्षी बनाइएको छ। 

त्यसै गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ, हिमालय सेक्युरिटी बैंकरका प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र हिमालयन लाइफ इन्स्यारेन्सका तत्कालीन सञ्चालक अध्यक्ष शुलभ अग्रवाललाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। 

साथै हिमालयन रि-इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक सिद्धान्त झुनझुनवाला, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक सदस्यहरू लतिका गोल्याण, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, सञ्चालक सदस्य तथा लगानी समिति अध्यक्ष प्रविना दाहाल र लगानी समिति सदस्य सुजल मल्ल पनि उक्त मुद्दाको प्रतिवादी बनेका छन्। 

यस्तै, हिमालयन रिइन्स्योरेन्सका सञ्चालक अमित मोर, सञ्चालक समिति सदस्य तथा लगानी समिति संयोजक शाहिल अग्रवाल, सञ्चालक समिति सदस्य रोहित गुप्ता, सञ्चालकहरू राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमार (भारत) लाई पनि प्रतिवादी बनाएर सीआईबीले मुद्दा दायर गरेको छ। 

त्यसै गरी हिमालय सेक्युरिटिज बैंकरका सञ्चालक अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालकहरू सीताराम वाग्ले, आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे र क्यापसर्भका प्रमुख कार्यकारी अधिकृत रितेश प्रधानलाई पनि बिमासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। 

हिमालय इन्भेष्टमेन्ट बैंकरका सञ्चालक अध्यक्ष कपिलकुमार दाहाल, सञ्चालक सदस्य राजनप्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, उत्सव प्रधानाङ्ग, लगानी संयोजक शुभेर शमशेर जबरा, लगानी सदस्य सुभाष पौडेल, शालिनी संघाई (भारत) र प्रतीक जोशी पनि उक्त मुद्दाको प्रतिवादी बनेका छन्।

साथै भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवाल, शुभी अग्रवाल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष ऋषिराज मोर र व्यवसायी राजबहादुर शाहलाई पनि प्रतिवादी बनाएर सीआईबीले मुद्दा दायर गरेको छ। यी प्रतिवादीमध्ये दीपक भट्ट र शुलभ अग्रवालबाहेक अन्यलाई पक्राउ नगरी मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad