नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पराजय भोगेका कृष्णप्रसाद दाहाल केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्।
दाहाल ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्। २०८० असोज ८ र ९ गते काठमाडौँमा सम्पन प्रदेश कमिटीको निर्वाचनमा कैलाश ढुंगेलसँग पराजय भोगेका दाहाल पार्टीको इतर समूहको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट ढुंगेलसँग २५७ मतान्तरले पारजित भएका दाहाल पोखरेल प्यानलबाट केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा होमिन लागेका हुन्।
दाहाल प्रतिनिधि सभाका पूर्व सांसद हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
153
Shares

प्रतिक्रिया