नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित भीम रावल लगायतका नेताहरुलाई प्रवेश गराउने कार्यक्रममा उनी पनि प्रवेश गरेका हुन्।
शाह २०७४ को चुनावमा प्रदेश सांसद जिते सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्रीसमेत बनेका थिए।
बाजुराका नेता शाह एमालेले भीम रावललाई कारबाही गरेपछि निस्क्रिय बसेका थिए।
180
Shares

प्रतिक्रिया