सेयरबजार १२.१७ अंकले हरियो भएको छ।
बुधबार नेप्से २६०७.४२ विन्दुमा चढेको हो।
योसँगै ४ अर्ब ६८ करोडको खरिदबिक्री भएको छ। ९२ लाख कित्ता बिक्रीमा यो कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बुधबार १४९ वटा सेयरको मूल्य बढ्दा ९० वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
आज माबिलुङ इनर्जी ९.९९ प्रतिशत, उन्नति सहकार्य ९.९६ प्रतिशत, नेपाल फाइनान्सको ८.७६ प्रतिशत, सम्पदा लघुवित्त ६.०६ प्रतिशत र महुली लघुवित्त ५.१५ प्रतिशतले बढेको छ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, अभियान लघुवित्त, विन्ध्यवासिनी हाइड्रोपावरलगायतका सेयरहरुको भने मूल्य घटेको छ।
आज युनियन हाइड्रोपावरको सबैभन्दा बढी ३८ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
66
Shares

प्रतिक्रिया