झापा जिल्लाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा एक २ वर्ष ५ महिनाका बालकको खोलामा डुबेर मृत्यु भएको छ।
बिर्तामोड–४ का विक्रम माझीका छोरा दिवांश माझी बिहान घर नजिकै रहेको अदुवा खोलामा खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।
बालकलाई डुबिरहेको देखेपछि उनका हजुरबुबाले उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको झापा प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ।
27
Shares

प्रतिक्रिया