नेपाल विद्युत् प्राधिकरणले समयसीमा दिएपछि उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न थालेका छन्।
यसअनुसार हामा आइरन एन्ड स्टिल, लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले शुक्रबार बक्यौताबापतको किस्ता भुक्तानी गरेका हुन्।
हामाले ५ करोड ८५ लाखमध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार रुपैयाँ, लक्ष्मी स्टिलले ८४ लाख ९८ हजार रुपैयाँ किस्ता तिरेका छन्। लक्ष्मी स्टिलले यसअघि नै बक्यौता तिर्न थाले पनि वैशाखयता छोडेको थियो।
उता, सर्वोत्तम सिमेन्टले पनि किस्ताबापत ४० लाख बक्यौता तिरेको छ।
84
Shares

प्रतिक्रिया