कारोबार


कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह

कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह

नेपालखबर
असोज २९, २०८२ बुधबार १७:४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावा ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ। 

महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको टोलीले कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो। 

महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावा ब्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका तथा अविरल वर्षा र बाढी पहिरोले पुगेको क्षतिका कारण ऋणिहरूलाई समयमै किस्ता बुझाउन समस्या भएको जनाएको छ। 

महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले यही समयमा नेपालीहरूको महान चाड दसैँका कारण लामो सार्वजनिक बिदा पर्न गएको र ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएको उल्लेख गरे। 

उपरोक्त कारणले समय थपका लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरूबाट समेत अनुरोध भैआएकोले राष्ट्र बैंक समक्ष सो आग्रह गरिएको श्रेष्ठले जानकारी दिए।

सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad