समाज


धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालखबर
असोज २९, २०८२ बुधबार १७:१०, काठमाडौँ

धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  जिल्लाको धनकुटा नगरपालिका-३ निगालेस्थित सडकमा विराटनगरबाट जीतपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेहरूमा महालक्ष्मी नगरपालिका-६ बस्ने ५५ वर्षीया गंगा कार्की र सोही नगरपालिका-७ बस्ने ६० वर्षीय डिल्ली बराल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad