कारोबार


सुन तोलामा एकैचोटि २३ सय बढ्यो, कति पुग्यो?

सुन तोलामा एकैचोटि २३ सय बढ्यो, कति पुग्यो?

नेपालखबर
असोज २१, २०८२ मंगलबार १४:५०, काठमाडौँ

सुनको मूल्य तोलामा एकैचोटि २ हजार ३ सय रुपैयाँ बढेको छ। 

सोमबार तोलाको २ लाख ३३ हजार १०० मा कारोबार भएको सुनको भाउ आज २ लाख ३५ हजार ४०० पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ।

सोमबार तोलाको २ हजार ९६० मा खरिद-बिक्री भएको चाँदी आज पनि यत्तिमै कारोबार भइरहेको छ। 

गत आइतबार एक तोला सुन २ लाख ३० हजार ६०० मा किनबेच हुँदा चाँदीको भाउ २ हजार ९३० रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ३ हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad