जेनजी आन्दोलनपछि ‘गुप्तवास’ बसेका राजनीतिक दलहरू अझै बाहिर निस्कन सकेका छैनन्। तिनका गतिविधि यतिबेला ठप्पप्रायः छ।
यहीबीच निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका प्रकाशन गरिसकेको छ।
तर प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले चुनावको तयारी गर्न छाडेर विघटित संसद् ब्युँताउन अदालत जाने विषयमा छलफल गरिरहेका छन्। जबकि मुख्य दलका शीर्ष नेतालाई नेतृत्व त्याग्न पार्टीभित्रैबाट दबाब बढिरहेको छ।
तर, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अन्तरिम सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप लगाउँछन्।
उनले निर्वाचन हुने कुरामै अन्योल रहेको दाबीसमेत गरे।
‘यो भरपर्दाे पनि छैन। असुरक्षाको स्थिति बनाएका छन्,’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘चुनाव गर्ने विषयमा संवैधानिक प्रश्न छ, तर चुनाव हुन्छ भन्ने संकेत छैन।’
यस क्रममा प्रवक्ता महतले जिल्लादेखि केन्द्रसम्मै कांग्रेसका नेता निसानामा परेको पनि बताए।
‘कांग्रेसकै साथीहरू आक्रमणमा पर्नुभएको छ। जिल्लादेखि केन्द्रसम्म नेपाली कांग्रेस टार्गेटमा छ। घरबार बिहीन भएर बसेको छ,’ उनले भने।
जेनजीको प्रदर्शनपछि भदौ २३ गते बेलुका नै कांग्रेसले सरकार नछाडेर गल्ती गरेको पनि महतले स्वीकार गरे।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवा हटाउन गरिएको हस्ताक्षर संकलन गलत भएको टिप्पणी उनले गरे।
प्रतिनिधि सभाको चुनाव, कांग्रेस महाधिवेशन र नयाँ नेतृत्वलगायत विषयमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग नेपालखबरले गरेको कुराकानी:
Shares

प्रतिक्रिया