असोज १८ र १९ गतेको अविरल वर्षापछि पहिरो र नदी कटानका कारण बीपी राजमार्ग बन्द भएपछि पूर्वबाट कुलेखानी हुँदै काठमाडौँ आउने सडकमा सवारीको चाप बढेको छ।
दसैँ मनाएर घर फर्किरहेका यात्रु लामो जाममा बस्नुपर्दा हैरान भएका छन्।
साना सवारी साधन मात्रै गुड्ने सो सडकमा टिपरसमेत गुड्दा सडक अवरोध भएको हो।
अहिले भैंसे अगाडि झन्डै ५ किमि लामो जाम लागेको यात्रुले बताएका छन्। नियामक निकायको यात्रुले पाएको सास्तीप्रति ध्यान नदिएको भन्दै उनीहरू आक्रोशित बनेका छन्।
पुरै सडक टिपरले ढाकेर गुड्दा साँघुरो सडकमा सवारी साधन घन्टौं जाममा फस्ने गरेका छन्।

303
Shares

प्रतिक्रिया