कारोबार


कुलमानको दाबी : मौसम विभागको सूचनालाई नजरअन्दाज गरी ज्योतिषीको कुरा मान्दा पदयात्री जोखिममा परे

कुलमानको दाबी : मौसम विभागको सूचनालाई नजरअन्दाज गरी ज्योतिषीको कुरा मान्दा पदयात्री जोखिममा परे

नेपालखबर
असोज १९, २०८२ आइतबार १५:०, काठमाडौँ

मौसम विभागको सूचनालाई नजरअन्दाज गर्दा पदयात्री थप जोखिममा परेको ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले दाबी गरेका छन्। 

उनले ज्योतिषी हरिहर अधिकारीले पानी नपर्ने दाबी सामाजिक सञ्जालमा गर्दा त्यसको असर पदायात्रीमा परेको बताएका हुन्।

केही ज्योतिषीले पानी पर्दैन भनेर फैलाएको अफवाहलाई विश्वास गर्दा लाङटाङमा पदयात्रीले ज्यानै गुमाउनुप¥यो’, उनले भने।

ज्योतिषी अधिकारीले आफुले पानी पर्दैन भन्ने भविष्यवाणीलाई सामाजिक सञ्जालमा राखेका थिए। लगत्तै उनले क्षमा माग्दै सुरक्षित हुन आग्रह गरेका थिए। मन्त्री घिसिङले सोही कुरालाई लक्षित गर्दै पदयात्रीहरुले मौसम विभागको सूचनालाई नजरअन्दाज गरी ज्योतिषीको कुरामा लागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad